HomeFeatureसहिदहरुले देखेको सपना अझै पुरा हुन नसकेको: प्रचण्ड

सहिदहरुले देखेको सपना अझै पुरा हुन नसकेको: प्रचण्ड

काठमाडौं, 27 मई 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिदहरुले देखेको सपना अझै पुरा हुन नसकेको बताउनुभएको छ । कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले सहिदको सपना अझै पुरा नभएको भन्दै समाजवाद स्थापनाका निम्ती सामाजिक रुपान्तरणको अभियानको आवश्यकता रहेको बताउनुभएको हो । बिभिन्न आन्दोलनबाट संघीय लोकतान्त्रीक गणतन्त्रमा रहेको र संविधानमा अवको राज्य समाजवादउन्मुख हुने उल्लेख हुनु सानो बिषय नभएको उहाको भनाई छ । उहाले अहिले सिष्टमको कमजोरीका कारण समाज रुपान्तरण क्रान्तिकारी ढंगले नभई दिग्भ्रम र विचलनतिर गइरहेको उल्लेख गर्नुभयो । उहाले त्याग र साधनाको संस्कृति अपनाउने कुरामा प्रतिवद्ध भएमात्रै कृष्ण सेनप्रति सच्चा श्रद्धाञ्जली हुने पनि बताउनुभयो । कार्यक्रममा कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७८ गोविन्द आचार्यलाई, कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार–२०७९  महेश्वर दाहाललाई प्रदान गरिएको थियो भने शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७८  बलराम थापा र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार–२०७९  लक्ष्मी पुनलाई प्रदान गरिएको थियो । विसं २०५९ जेठ १३ गते प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबमा हिरासतमा रहेका बेला कृष्णसेन ‘इच्छुक’को हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...