HomeFeatureसिंगापुरका लागि नेपाली युवाहरुलाई भर्ति गराउने जानकारी नेपाल सरकारको कुनै जिम्मेवार निकायहरुले...

सिंगापुरका लागि नेपाली युवाहरुलाई भर्ति गराउने जानकारी नेपाल सरकारको कुनै जिम्मेवार निकायहरुले नराखेको: बेलायत

काठमाडौं, 8 जून 2022

ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठन(बिगेसो)को सिंगापुर गोर्खाज बिभागले सिंगापुर प्रहरी सेवाबाट अवकास प्राप्त गोर्खाहरुमाथि बेलायत र सिंगापुर सरकारबाट ठूलो अन्याय र चर्को बिभेद भइरहेको भन्दै बेलायत सरकारको पुन ध्यानाकर्षण गराउने जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिभागले एकै प्रकृतिका काम गर्ने दुई देशका नागरिकहरुले पाउने तलव, भत्ता, पेन्सन र अन्य सेवा सुविधामा अन्तर देखिनु दुखद भएको भन्दै बेलायत सरकारको पुन ध्यानाकर्षण गराउने जानकारी दिएको हो । बेलायतले सिंगापुरका लागि नेपाली युवाहरुलाई भर्ति गराउने जानकारी नेपाल सरकारको कुनै जिम्मेवार निकायहरुले नराखेको उनीहरुको भनाई छ । आफ्ना मागका बारेमा बेलायत सरकारको पुन ध्यानाकर्षण गराउन असार ३ गते शुक्रबार रत्नपार्कबाट बिरोध प्रदर्शन सुरु गरि लाजिम्पाटस्थीत बेलायती दुतावासमा पुगेर दुतावासमार्फत बेलायती प्रधानमन्त्रीलाई १६ बुँदे माग पत्र बुझाइने बिगेसो– सिंगापुर गोर्खाज बिभागका प्रमुख पल बहादुर घर्तिले जानकारी दिनुभयो । त्यस क्रममा दुतावासमा १ घण्टा धर्ना दिने उहाले बताउनुभयो । उहाले आफुहरु बिरुद्ध भएका बिभेद अन्त्यगरि मागहरु पुरा गराउन र नेपाल सरकारलाई पनि मागहरुप्रति संवेदनशिल बनाउनका आन्दोलन गर्न बाध्य भएको उल्लेख गर्नुभयो । १६ बुँदे माग पत्रका बारेमा कुनै सुनुवाई नभए देशव्यापी बिरोधका कार्यक्रम गर्ने  र त्यसबाट पनि आफ्ना मुद्धा र मागहरु सम्बोधन नभए जातीय बिभेद तथा मानवअधिकार हनन्को मुद्धाको रुपमा जेनेभास्थीत संयुक्त राष्ट्र संघको मानवअधिकार आयोग र कानूनी उपचारका लागि नेपालको सर्वोच्च अदालत तथा बेलायतको उच्च अदालतमा दर्ज गरिने उनीहरुले जनाएका छन् ।  सन् १९४७ को असमान सन्धिअनुसार नेपालको स्वाधिनता र राष्ट्रियतामा विभेद गरिएको संगठनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...