HomeFeatureएमालेद्वारा अर्थमन्त्री शर्माको राजीनामा माग

एमालेद्वारा अर्थमन्त्री शर्माको राजीनामा माग

काठमाडौं, 14 जून 2022

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करको दर फेरफेरका बिषयमा प्रश्न उठेपछि नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने भन्दै राजीनामा दिनुपर्ने बताउनुभएको हो । गम्भीर विषयको गम्भीरतताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्‍मा यसका बारेमा प्रस्ट नपार्नु आपत्तिजनक कुरा भएको उहाले बताउनुभयो । उहाले करको विषय ज्यादै गोपनीय र राष्ट्रिय सुरक्षा जस्तै विषय भएकाले यस बिषयमा छानविन हुनुपर्ने माग गर्नुभयो । पाण्डेले करका दरमाथिको छलफल चलिरहेको बेलामा मन्त्रीलाई बाहेक कसैलाई फोन राख्ने अधिकार नभएको र सचिवका टेलिफोन दराजमा राखेर छलफल गर्ने चलन रहेको धारणा राख्नुभयो । अर्थमन्त्रीको जवाफ माग गर्दै एमाले सांसदहरु उठेर बिरोध गरेपछि सभामुख अग्नी सापकोटाले यस बिषयमा आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको थियो । अर्थमन्त्री शर्मालाई बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर व्यक्तिगत स्वार्थमा करको दर हेरफेर गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...