HomeFeatureएमालेद्वारा नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कुनै कार्य...

एमालेद्वारा नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कुनै कार्य नगर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, 15 जून 2022

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कुनै पनि कार्य नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने भन्दै परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कार्य नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरी कुनै पनि गतिविधि गर्न नहुने भन्दै यसबारेमा सरकारले सदनलाई स्पष्ट पार्न माग गर्नुभयो । उहाँले सन् २०१५ मा भएको पत्राचारपछि सो सम्झौताको मस्यौदा तत्कालीन सरकारले गहिरो अध्ययनविना प्रक्रिया अघि नबढाएको स्मरण पनि गर्नुभयो । साथै नेता ज्ञवालीले नेपाली सेना विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा बाहेक अन्य कुनै पनि मुलुकको रणनीतिक छातामुनि खट्न नहुने स्पष्ट गर्नुभयो । त्यस्तै कांग्रेसका सांसद गगन कुमार थापाले एसपीपीमा यतिधेरै चर्चा भएपनि प्रधानमन्त्रीले सदनमा यसको स्पष्ट जवाफ दिनुपर्ने बताउनुभयो । थापाले अमेरिका के चाहन्छ भन्ने यसको कुरा भएको भन्दै प्रधानमन्त्री देउवाले यस्तो सम्झौता नेपालले गर्दैन भनेर भन्नुपर्ने जिकिर गर्नुभयो । प्रधानमन्त्रीको एसपिपीबारेका भ्रम, भय र आशंकाका प्वाल बन्द आफै बन्द हुने उहाको भनाई छ । त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी पारित भएपछि अमेरिकाको हस्तक्षेप बढ्न थालेको तर्क गर्नुभयो । उहाले असंलग्न परराष्ट्र नीतिमा असन्तुलन पैदा हुने कार्य नगर्न सरकारलाई सुझाव दिनुभयो । त्यस्तै लिङ्देनले संघीय निर्वाचन नजिकिदै गएको भन्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्षर धाँधलीरहित बनाउन स्वतन्त्र चुनावी सरकार गठन गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...