Homeसमाचारप्रमुख प्रतिपक्ष नेकपा (एमाले) द्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) द्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं, 16 जून 2022

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । बजेट निर्माणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले असम्बन्धीत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर फेरफेर गरेको आरोप लगाएको एमालेले सदनमा अर्थमन्त्रीको जवाफ नसुन्ने भन्दै बैठक बहिष्कार गरेको हो । बिहीबारको बैठकमा अर्थमन्त्री शर्माले आफ्नो मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिनुभएको थियो । सो क्रमा उहाले करको दर छलफल गरेरै निर्धारण गरेको बताउनुभएको थियो । उहाले राजस्वको दरहरु परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रकृयाहरु रहेको र त्यसमा सम्बन्धित विभागिय प्रमुखहरु र सचिवहरु सहितको कमिटीले त्यसलाई बसेर गर्ने प्रचलन रहेको समेत बताउनुभयो । एमालेको अवरोधबिच जवाफ दिनुभएका अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा राष्ट्रघात भएको भए त्यसको जिम्मा आफुले लिने बताउनुभएको थियो । अर्थमन्त्रीको जवाफपछि एमालेका प्रमुख सचेतक बिशाल भट्टराईले अर्थमन्त्रीको जवाफ नसुन्ने बताउनुभयो । उहाले त्यसदिनको सीसीटीभी फुटेज खोजी गर्न सभामुखलाई आग्रह गर्दा पनि छानबिन समिति गठन नभएको बताउनुभयो । उहाले सभामुख अग्निप्रसाद सापकोटालाई संसदीय मर्यादा कायम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...