HomeFeatureस्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको बिषयमा कुनै सत्यता नरहेको सरकार...

स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको बिषयमा कुनै सत्यता नरहेको सरकार द्वारा स्पष्ट

काठमाडौं, 16 जून 2022

सरकारले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको बिषयमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले अरु देशको सेना नेपाल भित्राउने किसिमको सम्झौताका बिषयमा कुनै सत्यता नभएको बताउनुभएको हो । उहाले मुलुक सार्वभौम स्वतन्त्र राष्ट्र भएकाले यस बिपरितको कुनै काम नगर्ने बताउनुभयो । प्रवक्ता कार्कीले एमसीसी सदनबाट पारित भइसकेको अवस्थामा कार्यान्यनको प्रक्रियामा रहेको जिकिर गर्नुभयो । मन्त्रीपरिषद् बैठकले जापान सरकारबाट नेपालको मानव संसाधन विकासका लागि प्राप्त हुने करिब ३६ करोड ६२ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता कार्कीेले बताउनुभयो । निजी आवास पुनर्निर्माण तथा प्रबलीकरणको कामलाई असार मसान्तसम्म निरन्तरता दिने निर्णय सरकारले गरेको छ । त्यस्तै त्यस्तै, सरकारले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई र तारागाँउ विकास समितिको अध्यक्षमा सुरेशराज जोशीलाई नियुक्त गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।  बैठकले सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति २०७८ र सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री तथा मिनाहा सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...