HomeFeatureएसपीपी अघि नबढ्ने परराष्ट्रमन्त्री खड्काद्वारा स्पष्ट

एसपीपी अघि नबढ्ने परराष्ट्रमन्त्री खड्काद्वारा स्पष्ट

काठमाडौं, 17 जून 2022

परराष्ट्रमन्त्री डा नारायण खड्काले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढ्ने स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सरकारले नै एसपीपी सम्झौता नहुने भनेपछि यसको च्याप्टर क्लोज भइसकेको बताउनुभएको हो । उहाले प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेको जिकिर गर्नुभयो । एसपीपी राष्ट्रिय हितमा नरहेकोले अव अघि नवढ्ने उहाको भनाई छ । बैठकमा सेनाका प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको बताउनुभयो । तर सैन्य गठबन्धनका लागि नलेखिएको उहाले बताउनुभयो । प्रधानसेनापति शर्माले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नुभयो । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उहाले दिनुभयो । आफ्नो अमेरिका भ्रमणका क्रममा कुनै सम्झौता नहुने उहाँले स्पष्ट पार्नुभयो । बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एसपीपीका बिषयमा कन्फ्युजन पैदा भएको बताउनुभयो । उहाले कसैको दवाबमा मुलुकको हित बिपरित कुनै पनि सम्झौता नगर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । एसपीपीकाबारेमा सुरुदेखि अहिलेसम्म के–के भयो भनेर सरकारले जानकारी दिनुपर्ने उहाले बताउनुभयो । बैठकमा एमालेका नेता भीम रावलले एसपीपीमा कुरा नगरौ भनेर परराष्ट्रमन्त्रीले भन्न नमिल्ने भन्दै यसबारेमा जनताले थाहा पाउनुपर्ने बताउनुभयो । एसपीपीबारे सबै कुरा बाहिर आइसकेपछि यस बिषयमा स्पष्ट हुनुपर्ने उहाको भनाई छ । उहाले यस बिषयमा अध्ययन गर्न संसदीय छानविन समिति बनाउन प्रस्ताव गर्नुभयो । त्यस्तै बैठकमा एमालेका नेता प्रदीप ज्ञवालीले एसपीपीबारे सेना र रक्षा मन्त्रालयले गरेको प्रक्रियाका बारेमा स्पष्ट पार्नुपर्ने बताउनुभयो । त्यस्तै कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै विदेश नीतिमा टेकेर भ्रमण हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...