काठमाडौं, 18 जून 2022
महिला उत्पीडनविरुद्ध काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंमा महिला उत्पीडनविरुद्ध खबरदारी गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले घर, कार्यालय र समाजवाटै महिला हिंसाका घटनाहरु भएकाले सजक हुनुपर्ने बताएका छन् । प्रदर्शनमा सहभागीहरुले सम्पादकज्यू के तपाईंको न्युज रुम सुरक्षित छ? , ‘प्रिन्सिपल ज्यू के तपाईंको कलेज सुरक्षित छ? लेखिएका प्लेकार्ड बोकेका थिए ।









































