HomeFeatureयुनाइटेड को अपरेटिभको दोस्रो साधारणसभा सम्पन्न

युनाइटेड को अपरेटिभको दोस्रो साधारणसभा सम्पन्न

दिल्ली, 20 जून 2022

दिल्लीमा रहेका नेपालीहरूले चलाएको युनाइटेड को अपरेटिभले आइतबार दोस्रो साधारणसभा सम्पन्न गरेको छ । प्रवासी नेपालीहरू संगठित भएर को अपरेटिभ चलाएका हुन् । भारत प्रवासमा रहेका नेपाली समूदायलाई पेसा व्यवसाय र आवश्यक पर्दा सस्तो दरमा,ऋण उपलब्ध गराउने उद्देश्य युनाइटेड को अपरेटिभको छ । नेपालीहरूबीच एकता कायम गराउन सुख दुःखमा जोडिन, एक-ले अर्कालाई सरसहयोग पुर्‍याउन पनि, सहकारीको प्लेटफर्मले सहयोगी भूमिका खेलेको संस्थाका संयोजक देवेन्द्र कुँवरले बताए । कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावासका काउन्सिलर यदुनाथ पौडेलले जेसुकै कारणले आफ्नो भूमि छाडेर भारत आएका नेपालीको आर्थिक पाटोमा को अपरेटिभ संस्थाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनले विदेशमा रहेका नेपालीले अनुशासन र मर्यादा ख्याल तथा सम्बन्धित देशको विधि विधानमा रहेर काम गर्न सुझाए । उपस्थित अन्य अतिथिहरुले पनि संस्थाको उज्जवल भविष्यको कामना गरेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...