काठमाडौं, 27 जून 2022
सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानीप्रसाद खापुङ र शेरबहादुर कुँवरले मन्त्रीको शपथ लिएका हुन्। आइतबार नियुक्त भएका नयाँ मन्त्रीहरूले आज बिहानै शपथ लिएका छन्। मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारी र राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ दिलाए। यस्तै, हिराचन्द्र केसीले राज्यमन्त्रीको शपथ लिएका छन्। श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, चौधरीले शहरी विकास, खापुङले स्वास्थ्य तथा जनसंख्या, कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र केसीले स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएका राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालले बताए। प्रधानमन्त्री देउवाले आइतबार साँझ कांग्रेस, माओवादीका मन्त्रीलाई यथावत राख्दै एकीकृत समाजवादीले सिफारिस गरेकालाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।









































