HomeFeatureभारतद्वारा नेपाललाई तत्काल १५ हजार टन युरिया

भारतद्वारा नेपाललाई तत्काल १५ हजार टन युरिया

दिल्ली, 29 जून 2022

गत फेब्रुअरी २२ मा भएको सम्झौताअनुसार  भारतले नेपाल लाई १५ हजार टन युरिया दिन लागेको छ।  पहिलो लटमा १५ हजार टन युरिया मल नेपालले पाउने भएको छ । भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीएफ) ले कृषि सामग्री संस्थानको वीरगन्जस्थित गोदामसम्म उक्त मात्रामा युरिया पुर्‍याइदिने सहमति भएको छ ।नेपालले भारत सरकारसँग बर्सेनि १ लाख ५० हजार टन युरिया मल किन्ने सम्झौता गरेको छ । भारतले नेपालका लागि टेन्डर प्रक्रियाबाट किनेर आपूर्ति गर्दा धेरै समय लाग्ने भएकाले ‘फास्ट ट्र्याक’ मा मल उपलब्ध गराइदिन नेपालले आग्रह गर्दै आएको थियो । त्यही आग्रहअनुसार भारत सरकार तत्काललाई आफ्नै ‘स्टक’ मलको आपूर्ति गरिदिन सहमत भएको हो । मलको आपूर्ति प्रक्रियाका लागि कृषि सामग्री संस्थानका महाप्रबन्धक राजेन्द्रबहादुर कार्की एक सातादेखि भारतमा छन् । भारतको आरसीएफका अधिकारीहरूसँग छलफलका लागि मुम्बई पुगेका कार्कीले पहिलो खेपको आपूर्तिको सुनिश्चितता भएको जानकारी दिए ।

‘उडिसाको धामरा पोर्टबाट पहिलो खेपको आपूर्ति हुने भएको छ,’ उनले भने, ‘संस्थानको बोरा र लोगोमा मलको प्याकिङदेखि वीरगन्जसम्मको ढुवानीको काम भारत पक्षले नै गर्नेछ ।’ एलसी खोलेर पैसा भुक्तानीको प्रक्रिया थालेलगत्तै मल आपूर्तिको काम सुरु हुने कार्कीले जानकारी दिए । १० दिनभित्र मल ढुवानी सुरु हुने उनको भनाइ छ ।

१५ हजार टन भनेको ३ लाख बोरा हुन्छ । त्यसको ढुवानीका लागि ४२ वटा डब्बा भएको ६ वटा मालवाहक ट्रेन आवश्यक पर्नेछ । आरसीएफले मलको मूल्यमै ढुवानी भाडासमेत जोड्नेछ । वीरगन्जको सुक्खा बन्दरगाहसम्म मालवाहक ट्रेनबाट मलको ढुवानी हुनेछ । भारतले बाहिरबाट किनेकै मूल्यमा नेपालले मल पाउनेछ । रासायनिक मलको भाउ अन्तर्राष्ट्रिय बजारमा दिनदिनै परिवर्तन हुने भएकाले मूल्यसूची भने तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...