HomeFeatureहल्वालानीमा नेपाली युवतीद्वारा आत्महत्या

हल्वालानीमा नेपाली युवतीद्वारा आत्महत्या

दिल्ली, 30 जून 2022

श्रीमान र सासु घरमा नभएको बेला नेपाली युवतीले झुण्डिएर आत्महत्या गरेकी छन । उनलाई गम्भीर अवस्थामा उपचारका लागि एसटीएच अस्पताल लगिएको थियो । जहाँ उनको केही समयपछि मृत्यु भएको थियो । खबर पाएपछि प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाए पनि पोष्टमार्टमपछि ससुरालाई शव बुझाइएको थिएन । शव अभिभावकलाई बुझाइने प्रहरीले जनाएको छ । नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार बड़ी मण्डीमा मजदुरको काम गर्ने ज्योति बहादुर विक मूलतः नेपालको साताला दैलेख जिल्लाका स्थायी बासी हुन। विगत दुई महिनादेखि श्रीमती कल्पना वर्ष २० र आमाबुवासँग मण्डीचौकी क्षेत्रमा बस्दै आएका थिए । मृतकका लोग्ने ज्योतिले दुई वर्षअघि कल्पनासँग विवाह गरेको बताए । गएराति उनी मजदुरी गरेर घर फर्किएनन् र उनका आमाबुवा पनि कुनै कामको सिलसिलामा घरबाहिर गएका थिए । फर्किएपछि घरभित्रको दृश्य देखेर उनी छक्क परे । फाँसीमा झुण्डिएको अवस्थामा कल्पनाले सास फेरिरहेकी थिइन । हतारमा आफन्तले उनलाई झुण्डिएको पासोबाट निकालेर उपचारका लागि एसटीएच हॉस्पीटलमा ल्याए । जहाँ केही समयपछि उनको मृत्यु भयो । मृत्युको खबर पाएलगत्तै कल्पनाका आमा बुवाले पनि हल्द्वानीको लागि हिंडि सकेका छन। उनले शव ससुरालाई बुझाउन विरोध गरेका छन । अहिले शव मृतकका अभिभावकलाई बुझाइने प्रहरीले जनाएको छ । मण्डी चौकीका इन्चार्ज जयदीप नेगीले यस विषयमा उजुरी अहिलेसम्म प्राप्त नभएको बताए । उजुरी आएपछि कारबाही हुन्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...