HomeFeature४६ लाखसहित पोखराबाट तीन चिनियाँ र एक नेपाली पक्राउ 

४६ लाखसहित पोखराबाट तीन चिनियाँ र एक नेपाली पक्राउ 

दिल्ली, 1 जुलाई 2022

पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रूपैयाँसहित तीन चिनियाँ र एक नेपाली पक्राउ परेका छन्। शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा बिहीबार छापा मार्दा कास्की प्रहरीले ४५ लाख ९७ हजार १८० रूपैयाँसहित उनीहरूलाई गरेको हो।

पक्राउ परेका व्यक्तीहरूको साथबाट नियन्त्रणमा लिएको नगदको स्रोत खुल्न नसकेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जनाए।

उनका अनुसार पक्राउ पर्ने नेपाली ककनी गाउँपालिका– ७ का सुमन तामाङ छन्। तीनै जना चिनियाँ नागरिकको भने पहिचान खुलेको छैन। पक्राउ पर्ने चिनियाँहरू दुई पुरुष र एक महिला हुन्। उनीहरूले परिचय खुल्ने कागजात देखाएपछि मात्र वास्तविक पहिचान खुल्ने डिएसपी तिवारीले बताए। कम्पनीमा काम गर्ने भनिएका चिनियाँ नागरिक पर्यटक भिसामा नेपाल आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

ड्यामसाइडस्थित बज्र इन होटलमा विगत करिब ६ महिनादेखि उनीहरूले कार्यालय सञ्चालन गरेका थिए। तामाङका नाममा खोलिएको डाइमण्ड टेक्नोलोजी कम्पनीले सफ्टवेयर निर्माण गर्ने र व्यवसाय प्रवर्द्धन गर्ने उदेश्य देखिएको डिएसपी तिवारीले बताए।

 ‘उहाँहरूले आफ्ना पहिचान खुल्ने कागजात र रकमको स्रोत खुलाउने कागजात मगाउँछौं भन्नुभएको छ,’ उनले भने, ‘यस विषयलाई हेर्ने अन्य निकायसँग सहकार्य गरेर अनुसन्धान अघि बढाउँछौं।’

पक्राउ परेका व्यक्तिहरूबाट केही उपकरण समेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूका गतिविधि विस्तृत अनुसन्धान पश्चातमात्र यथार्थ पत्ता लाग्ने डिएसपी तिवारीले बताए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...