अस्ट्रेलिया, 4 जुलाई 2022
अस्ट्रेलियामा बाढीका कारण एक जनाको ज्यान गएको छ। बाढीका कारण हजारौँ मानिस विस्थापित भएका छन् भने सिड्नी सहर प्रभावित भएको छ । त्यहाँको जनजीवन कष्टकर भएको छ । मुसलधारे वर्षाका कारण सडक बन्द हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । न्यु साउथ वेल्सका आपतकालीन सेवा मन्त्री स्टेफानी कुकले मानिसको ज्यान जोखिममा पर्ने अवस्था आएको भन्दै सचेत रहन आग्रह गर्नु भएको छ । अस्ट्रेलियाको जलवायु विभागका अनुसार केही ठाउँमा ३ सय ५० मिलिमिटर वर्षा भएकाले नेपियन नदीमा बाढीको खतरा बढ्नुका साथै सिडनीको प्रमुख बाँध चुहिन थालेको छ ।









































