रामेछाप, 5 जुलाई 2022
रामेछापको बेथानबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। बा३ख ८३९६ नम्बरको अरनिको यातायातको बस खाँडादेवी गाउँपालिका-१ लुभुघाट नजिकै दुर्घटना भएको डीएसपी राजकुमार थिङले जानकारी दिए। उनका अनुसार दुर्घटनामा ९ जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरी टोलीले उद्धार कार्य जारी राखेको र घाइतेलाई धुलिखेल अस्पताल पुर्याउने तयारी भएको उनले जनाएका छन्।









































