दिल्ली, 11 जुलाई 2022
राष्ट्रीय प्रजातन्त्र पार्टीको भातृ संगठन राप्रपा प्रवास संगठन भारतले पूना जिल्ला समिति गठन गरेको छ। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार राप्रपा प्रवास संगठन भारतको महाराष्ट्र राज्य अन्तर्गत पर्ने पुणेमा राप्रपा प्रवास संगठन भारतको केन्द्रिय समन्वय समितिका सदस्य नेत्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा बसेको भेलाले जिल्ला समिति गठन गरेको हो। सो अवसरमा विभिन्न संगठनहरुबाट आएका राष्ट्रवादी साथिहरुलाई सदस्यता प्रदान गरि संगठनमा स्वागत गरिएको थियो। सो अवसरमा ठुलो संख्यामा प्रवासी नेपालीहरुको सहभागिता रहेको जिल्ला समिति कमल बिरही रसाइली को अध्यक्षतामा 11 सदस्य मुल कमिटी सहित 5 बिभागिय प्रमुख लगायत 26 सदस्य पुणे जिल्ला समिती गठन गरिएको हो । जसमा संगठन विभाग प्रमुखको जिम्मेवारी नरेन्द्र बिक, आर्थिक विभाग प्रमुखमा चिन्न बहादुर शाह रहेका छन। यही जिल्ला कमेटीले नै नगर र एरिया समिति गठन गर्ने छ। प्रमुख अतिथिले नव गठित पुणे जिल्ला समितिका सम्पूर्ण पदाधिकारी हरुलाई संगठन प्रवेश गराउंदै हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना ब्यक्त गरेका थिए। नव गठित समितिमा अध्यक्ष कमल बिरही रसाईली, उपाध्यक्ष दीपक बुढा मगर, सचिव राजन शाही, सहसचिव गणेश शाही, कोषाध्यक्ष चिन्न बहादुर शाही, सह कोषाध्यक्ष शिवराज जोशी, सल्लाहकार दीप बहादुर बिष्ट, ललित बोक्टानी, नरेन्द्र बिक र सदस्यहरु लाल बहादुर शाही, तपेन्द्र शाही, अनिल शाही, यमराज शाही, शिवराज बिक, चन्द्र केसी, भीम खडका, अविन्द्र शाही, गणेश सुनार, तेज बिक, बिक्रम बिक, जनक रसाइली, किशोर थापा, दीपक बिक, जोगी बिक, देव बिक लगायत रहेका छन।









































