दिल्ली, 11 जुलाई 2022
महाराष्ट्रको पनवेल महानगरपालिकाको करन झाडाबाट श्रीमान द्वारा प्रताडित एक महिलाको उद्धार गरिएको समाचार प्राप्त भएको छ। नेशनल लाईभ टिभीलाई मुम्बईबाट अखिल भारत नेपाली एकता मंच महाराष्ट्र राज्य समीती अन्तर्गत रायगढ़ नगरसमिती सह सचिव करन सुनारले दिएको जानकारी अनुसार सीता कठायत खड्काको उद्धार गरिएको हो। प्राप्त जानकारी अनुसार नेपाल प्रदेश नम्बर 7 जिल्ला डोटी दीपायल सिलगढी नगरपालिका वडा न 4 कूमाली कोट माइती घर भएकी धर्म सिंह कठायत की छोरी सीता कठायत ( खडका ) बर्ष 31 की पोइली घर डोटी जिल्ला गाउपालीका पूर्बि चौकी वडा न 1 फूलौट बस्ने नन्दा सिंह खडकाको छोरा चक्र बहादुर खडका बर्ष 33 संग बिबाह भैइ हाल भारत को महाराष्ट्र राज्य रायगढ़ जिल्ला पनवेल महानगरपालिका को करन-झाडा सेक्टर नम्बर एक मा एउटा सोसाइटी मा मजदूर गर्दै आएका थिए। 27 जूनका दिन महिला अचेत अबस्थामा रहेको खबर मूल प्रबाह संगठन का जिल्ला समिति का कोषाध्यक्ष, सन्थ थापा मगर र पदम बहादुर आले मगर ले अखिल भारत नेपाली एकता मंच रायगढ़ नगरसमितीका सहसचिव करन सुनारलाई जानकारी गराउंदा नगरसमितीको टीम ले उद्धार गरेको हो। निज सीता र उनका श्रीमान चक्र बहादुर खडका, ढाइ बर्ष की छोरी संगै बस्दै आएका थिए ! पारिवारिक झै झगडाका कारण खडका श्रिमती लाई वीभत्स तरीका ले कूटपिट गरी आफ्नो बस्ने डेरा बाट निकाली अलपत्र पारेको अबस्थामा अखिल भारत नेपाली एकता मंच रायगढ़ नगरसमिती का अध्यक्ष खडक बिक लगायत को नगर कमिटी को टीमले अलपत्र परेकी सीता कठायत ( खडका )लाई उद्धार गरेको हो। उद्धार पश्चात समितिले सीताका माइती र पोइली लाई सम्पर्क मा बोलाए पनि चक्र बहादुर खडका सम्पर्कमा नआउंदा दुवै पक्षको सहमति अनुसार प्रहरी प्रशासनमा चक्र बहादुरको खिलाफ एफआईआर दर्ज गरिएको छ। एफआईआर दर्ज गरिए पश्चात प्रहरीले चक्र बहादुरलाई पक्राउ गरि पुलिस प्रशासनबाट एन सी आर N C R बूझी पिडीत महिला लाई नेपाल पठाउने अखील भारत नेपाली एकता मंच को नगर समितिले व्यवस्था मिलाएको छ। उद्धार कार्यमा दल बहादुर गूरूङ, खडक बिक, धनराज देवकोटा, मंगल रावल, कुबेरसिंह, करन सूनार, कृष्ण बहादुर बिष्ट, लोकेश बिक, बम बहादुर बिक, राम बहादुर आउजी लगायत 13 अन्य जना पनि उपस्थित रहेका थिए। उद्धार गरिएकी महिलालाई श्रि केदार टुर एण्ड ट्राभल्सको सहयोगमा नेपाल पठाइएको छ।









































