HomeFeatureचिनियाँ दुष्प्रचारको सामना गर्दै नेपालमा अमेरिकी सहयोग परियोजना अनुमोदन भयो : प्रस्तावित...

चिनियाँ दुष्प्रचारको सामना गर्दै नेपालमा अमेरिकी सहयोग परियोजना अनुमोदन भयो : प्रस्तावित अमेरिकी राजदूत

काठमाडौँ, 14 जुलाई 2022

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्प्सनले चीनको दुष्प्रचार अभियानको सामना गर्दै नेपालको संसद्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको बताएका छन् ।राजदूत र्‍यान्डी बेरीको स्थानमा काठमाडौंमा दूतावास नेतृत्व गर्न आउन लागेका थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा बुधबार आफ्नो धारणा राख्दै उक्त कुरा बताएका हुन् ।नेपालले २०७८ फागुन १५ मा प्रतिनिधि सभाबाट ऊर्जा र सडक पूर्वाधारका लागि ५०० मिलियन डलर अमेरिकी सहयोग स्वीकार गर्ने सम्झौतालाई १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेको थियो । त्यस अवधिमा बेइजिङबाट एमसीसी अनुमोदन हुनु अघि र पछि असन्तुष्टिको टिप्पणी आएको थियो ।

सुनुवाइमा थम्पसनले एमसीसीलाई चीनसँग जोड्दै भने,‘एमसीसी सम्झौता पीआरसी (चीन) को दुष्प्रचार अभियानको सामना गर्दै फेब्रुअरीमा नेपालको संसद्ले ५० करोड डलरलाई अनुमोदन गरेको थियो ।’

नेपालमा एमसीसीलाई चीनले अमेरिकाले सन् २०१९ मा सार्वजनिक गरेको इन्डो प्यासिफिक रणनीतिमा जोडेर हेर्दै आइरहेको छ । चिनियाँ अधिकारीहरुले एमसीसी पारित भएपछि नेपाली अधिकारीहरुलाई पटक–पटक गुनासो गरिरहेका छन् । गत चैतमा नेपाल भ्रमणमा आउदा चिनियाँ विदेश मन्त्री वाङ यी र बुधबार मात्रै आफ्नो चार दिने भ्रमण सकेर वेइजिङ फर्केका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुखले पनि एमसीसीलगागत विषयमा नेपाली नेताहरूसामू चासो प्रकट गरेका थिए । सुनुवाइका क्रममा राजदूत थम्पसनले एमसीसी आयोजनाले नेपालको स्वच्छ, प्रचुर मात्रामा जलविद्युत्लाई दक्षिण एसियाको ऊर्जा ग्रिडसँग जोड्न विद्युत् प्रसारण लाइन निर्माण गर्ने बताए । उनले एमसीसीले नेपालमा उच्च गुणस्तरका सडकहरू पनि निर्माण गर्ने र यी आयोजनाहरूले दुवै देशको समृद्धिमा सहयोग पुग्ने बताएका छन् ।

‘नेपालको आर्थिक वृद्धिलाई सहज बनाउनु र हाम्रा देशहरूबीचको व्यापार सम्बन्धलाई सुदृढ पार्नु मुख्य प्राथमिकता हुनेछ,’ उनले भने । उनले अमेरिका र नेपालबीचको ७५ वर्षको साझेदारीलाई जोड दिने पनि जनाए ।

उनले अमेरिका नेपालसँगको सम्बन्धको महत्त्वपूर्ण मोडमा रहेको पनि बताएका छन् । नेपालले असार ६ मा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको थियो । ‘हामी नेपालसँगको सम्बन्धमा महत्त्वपूर्ण मोडमा छौं ।

नेपाललाई ‘दुई ढुङ्गाबीचको तरुल’ भनेर चिनिन्छ, ती ढुङ्गालाई चीन र भारत भनिन्छ,’ उनले भने,‘नेपालसँगको महत्त्वपूर्ण सम्बन्ध, हामी नेपालको सार्वभौमसत्ता र अमेरिकासँगको साझेदारीलाई सुदृढ गर्नमा नेपालको हित साझा रूपमा काम गर्छौं ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...