HomeFeature‘प्रचण्ड’ शुक्रबार भारत आउँदै

‘प्रचण्ड’ शुक्रबार भारत आउँदै

काठमाडौं, 14 जुलाई 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार भारत भ्रमणमा आउने भएका छन् । भारतीय जनता पार्टी(भाजपा) अध्यक्ष जेपी नड्डाको निम्तोमा दाहाल भारत भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दाहाल शुक्रबार दिउँसो 1 बजे भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भाजपा अध्यक्ष नड्डाले धेरैअघि निम्तो पठाए पनि राजनीतिक व्यस्तताले भ्रमण हुन नसकेको स्वकीय सचिव मल्लले बताए । मल्लले भने, ‘भाजपा अध्यक्ष जेपी नड्डाले धेरै अघि नै निम्तो पठाउनु भएको थियो ।

राजनीतिक व्यस्तताका कारणले अध्यक्ष कमरेडको भ्रमण हुन सकेको थिएन । शुक्रबार दिउँसो 1 बजे उहाँ दिल्ली जाँदै हुनुहुन्छ ।’ मल्लका अनुसार दाहालले दिल्लीमा एउटा कार्यक्रमलाई समेत सम्बोधन गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता हुन सक्ने सम्भावना रहेको मल्लले बताए । दाहाल साउन 1 गते स्वदेश फर्कनेछन् ।

अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...