HomeFeatureगोटाबायाको राजीनामा स्वीकृत, श्रीलंकाले सात दिनमा नयाँ राष्ट्रपति पाउने

गोटाबायाको राजीनामा स्वीकृत, श्रीलंकाले सात दिनमा नयाँ राष्ट्रपति पाउने

दिल्ली, 15 जुलाई 2022

चरम आर्थिक र राजनीतिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सात दिनभित्र नयाँ राष्ट्रपति पाउने भएको छ । संसदका सभामुख महिन्दा यापा अभयवर्धनेले शुक्रबार यस्तो घोषणा गरेका हुन् । गोटाबाया राजापाक्षेले बिहीबार कानुनी रूपमा राष्ट्रपति पदबाट राजीनामा दिएको उनले बताए। अभयवर्धनेले राष्ट्रपति निर्वाचनको प्रक्रियामा सहभागी हुनका लागि सांसदहरुले शान्तिपूर्ण वातावरण कायम गर्न देशवासीलाई अपिल गरेका छन् । राष्ट्रपतिको निर्वाचन जुलाई २२ गते तोकिएको छ ।यसै क्रममा श्रीलंकाबाट भागेर माल्दिभ्स पुगेका पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षे अहिले सिंगापुर पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...