काठमाडौं, 15 जुलाई 2022
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सत्तारुढ गठबन्धनले सहमति दिएको छ । मन्त्रिपरिषद्ले विधेयक पास गर्नुअघि कानुनमन्त्री गोविन्द बन्दीले संशोधन विधेयकबारे ब्रिफिङ गरेका थिए । ‘सर्वोच्च अदालतको फैसला र अन्तराष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्ने गरी विधेयक बनेको भन्नुभएको छ,’ गठबन्धनका एक नेताले भने, ‘मन्त्रिपरिषदले पास गरेपछि हाउसमा दर्ता हुन्छ ।’ सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरुको म्याद भोलिसम्म छ ।









































