HomeFeatureराप्रपा प्रवास संगठन भारत द्वारा बेङलोरमा बानसवाडी इकाई समिति गठन

राप्रपा प्रवास संगठन भारत द्वारा बेङलोरमा बानसवाडी इकाई समिति गठन

दिल्ली, 25 जुलाई 2022

प्रवासमा संगठनलाई व्यापक विस्तार दिइरहेको राष्ट्रीय प्रजातन्त्र पार्टीको राप्रपा भारत संगठनले विस्तारको क्रमलाई निरन्तर जारी राखेको छ। यसै क्रममा 24 जुलाईका दिन राप्रपा कर्नाटक राज्य समिति मातहत बेङलोरमा बानसवाडी इकाई समिति गठन गरिएको छ। समिति गठनको अवसरमा कर्नाटक राज्यका अध्यक्ष राजेन्द्र बहादुर शाही, राज्य समिति उपाध्यक्ष जय बहादुर चन्द, राज्य समिति कोषाध्यक्ष कर्ण बहादुर मल्ल, राज्य समिति का वरिष्ठ सल्लाहकार सदस्य भद्र बहादुर शाही, राज्य समिति सदस्य सुरज बहादुर शाह, राज्य समिति सदस्य श्रीमती चन्द्रकला जैसी लगायतका सदस्य हरुको उपस्थिति मा 19 सदस्सीय  बानसवाडी इकाई समिति गठन कार्य सम्पन्न गरिएको छ। सो अवसरमा वक्ताहरुले अहिले राष्ट्रका गंभीर र ज्वलन्त मुद्दाहरु बोकि राष्ट्र र राष्ट्रीयताको रक्षाको लागि संघर्षरत रहेको राष्ट्रीय प्रजातन्त्र पार्टीले मात्र मुलुकलाई निकास दिन सक्ने बताएका छन। राष्ट्र अहिले संकटको घेरामा रहेको बेला दलीय स्वार्थमा लागेका अन्य दलहरुबाट राष्ट्रले निकास नपाउने हुनाले राष्ट्र भक्त नेपालीहरुले राष्ट्रीय प्रजातन्त्र पार्टीमा जोडिनुपर्ने उनीहरुले बताएका थिए। सो अवसरमा अध्यक्ष कमल खडकाको नेतृत्वमा गठित बानसवाडी इकाई समिति निम्न अनुसार रहेको छ। जसमा उपाध्यक्ष मिलन कुमार थापा, सचिव दिवस कुमार थापा, सह सचिव रवीन्द्र बोहोरा, कोषाध्यक्ष गणेश बहादुर विष्ट रहेका छन भने सल्लाहकारमा दीपक बहादुर चलाउने, मीन बहादुर शाही, सुरज बहादुर शाह लगायत सदस्य हरुमा धनसरा बोहोरा, दीपा देउवा, अनिता बुढा, ललिता बुढा, कौशिला साउँद, रचना विष्ट, अर्जुन कठायत, उपेन्द्र बहादुर खड्का, पुरन सिंह, जनक न्यौपाने लगायत रहेका छन। बानसवाडी इकाई समितिमा आबद्ध हुन चाहने महनुभाव हरुले बानसवाडी इकाई समिति सचिव दिवस कुमार थापा सँग +91-861-85-995-49 मा संपर्क गर्न पनि अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...