दिल्ली, 27 जुलाई 2022
भारत पिथौरागढ जिल्लाको धारचुला तहसिल अन्तर्गतको रणनीतिक महत्त्वको धारचुला-मान-सरोवर सडक खण्डमा मजदुरी गर्ने एक नेपाली मजदुरको पहिरोमा पुरिएर मृत्यु भएको छ । उक्त सडक खण्डको लामारी झरना नजिक क्षेत्रमा पहिरो परी मंगलबार नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको हो । नेशनल लाइभ टी.भीलाई प्राप्त जानकारी अनुसार मृत्यु हुनेमा डडेल्धुरा आलिताल गाउँपालिका-5 का नरबहादुर रोक्का मगर रहेका छन् । उनीसँगै मजदुरी गरिरहेका दुहु गाउँपालिका-2 का पदमसिह कुँवर घाइते भएका छन् । घाइते कुँवरको भारतको पिथौरागढमा रहेको अस्पतालमा उपचार भइरहेको छ । घाइते कुँवरको खुट्टा भाँचिएको भारतमा उनीसँगै मजदुरी गरिरहेका तिरविर घर्तीले जानकारी दिए । उनका अनुसार मृतकको शव धारचुला चिकित्सालयमा राखिएको छ ।









































