काठमाडौं, 27 जुलाई 2022
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ। बुधबार काठमाडौंमा बढ्दो महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो। बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको हो। काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुरलगायत मुख्य सहरमा विरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ। राप्रपाले पछिल्लो समय महंगी र भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ। राप्रपाले महंगीलाई नियन्त्रण गरेर जनतालाई राहत पुर्याउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ।









































