दिल्ली, 30 जुलाई 2022
अमेरिकामा जलवायु परिवर्तन तीव्र गतिमा भइरहेको छ । देशको पश्चिमी भूभाग चर्को गर्मी र खडेरीको चपेटामा परे पनि दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षा भइरहेको छ । केन्टकी राज्य जुलाई 27 देखि वर्षाले बाढी आएको छ। यहाँ कम्तीमा २५ जनाको मृत्यु भएको छ । केन्टकीका गभर्नर एन्डी बेशियरले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । वर्षाका कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ । यहाँका २५ हजारभन्दा बढी घरमा बिजुली अवरुद्ध छ । गम्भीर अवस्थालाई मध्यनजर गर्दै आपतकाल लागू गरिएको छ । प्रशासन उद्धार कार्यमा जुटेको छ ।









































