Homeसमाचारअखिल भारत नेपाली एकता मंच गुजरात राज्य समितिको समिक्षा बैठक सम्पन्न

अखिल भारत नेपाली एकता मंच गुजरात राज्य समितिको समिक्षा बैठक सम्पन्न

दिल्ली, 30 जुलाई 2022

अखिल भारत नेपाली एकता मंच गुजरात राज्य समीतिको समिक्षा मुलक बैठक सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता गुजरात राज्य समिति अध्यक्ष तप्त बहादुर रावतले गर्नु भएको थियो भने  कार्यक्रमको संचालन राज्य सचिव सुरेश बि क ले गरेका थिए। नेशनल लाईभ टिभीलाई मोहन सिंह देवकरले दिएको जानकारी अनुसार कार्यक्रममा अखिल भारत नेपाली एकता मंच केन्द्रीय महासचिव चक्र बहादुर मलाति प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए भने बिशिष्ट अतिथिमा एकता‌ मंच केन्द्रीय उपमहासचिव मोहन सिंह देवकर रहेका थिए। अतिथिमा एकता मंच का केन्द्रीय सदस्य एवं गुजरात राज्य समिति इन्चार्ज प्रकाश वि कको पनि सहभागिता रहेको थियो। 1 मिनेट मौनधारण बाट शुरुआत भएको कार्यक्रममा स्वागत मन्तब्य राज्य समिति उपाध्यक्ष रक्षा बिष्टले गरेकी थिइन । बैठकबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेर पुनः आफ्नो घर फर्किएका टिकाराम बिश्वकर्मा र लामोसमय देखी संगठन मा कार्यरत नविन बिश्वकर्मा, शेर बहादुर बिश्वकर्मा, बिरु ढकाल बिश्वकर्मा, राज्य समितिमा थप गरिएका छन, भने प्रकाश खडका, कृष्ण खडका, चक्र बहादुर बिश्वकर्मा, खडक चदारा, राज्य समीति मा प्रस्तावित गरिएका छन। आगामी कार्ययोजना मा कस्को भुमिका कती रहनेछ सोही अनुसार मुल्यांकन गर्ने निर्णय  सर्वसम्मति बाट पारीत गरीएको छ। बैठकका प्रमुख अतिथि, विशिष्ट अतिथीले  राज्य समिति को आगामी कार्ययोजना र महिलाहरु को महान पर्व भव्यताका साथ मनाउने र राज्य समिति ले बनाएको कार्ययोजना लाई दृढता का साथ का साथ कार्यान्वयन गर्नु पर्ने कुरा राखेका थिए। प्रमुख अतिथि महासचिव चक्र बहादुर मलातीले अहिले को राजनीति राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बारेमा प्रशिक्षण मुलक मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...