दिल्ली, 2 अगस्त 2022
नेकपा माओवादी केन्द्रले आउंदो संघीय तथा प्रदेश चुनावको तयारी नेपालमा थालि रहेको अवस्थामा भातृ संगठन अखिल भारत नेपाली एकता मन्चले पनि संगठन विस्तार र नीति निर्देशित कार्यक्रमहरु भारत प्रवासमा व्यापक रूपमा गर्न थालेको छ। नेशनल लाईभ टिभीलाई मोहन देवकरले दिएको जानकारी अनुसार 1 अगस्त का दिन अखिल भारत नेपाली एकता मंच गुजरात राज्य अन्तर्गत बडोदरा नगर समितिको बैठक नगर अध्यक्ष माधब प्रसाद बजाई को अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा प्रमुख अतिथि एकता मंच का राज्य कोषाध्यक्ष जीवन बिष्ट र विशेष अतिथि राज्य प्रस्ताबित सदस्य प्रकाश खडका रहेका थिए। बैठकको संचालन नगर सचिब कृष्ण खडका ले गरेका थिए। प्रमुख अतिथि जीवन बिस्ट ले हालै सम्पन्न राज्य समिति बैठक ले गरेका निर्णय प्रस्तुत गर्दै नगर समितिले आगामि दिन मा नगर मा गर्नु प्रने राज्य बाट निर्देसित निणर्यहरु सबै नगर समिति सदस्य हरुले एकरुपता भएर गर्नु प्रर्ने बताउनु भयो । बैठकमा उल्लेखनीय प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो। बैठक ले नगर समिति मा रिक्त रहेको पद मा नयां नियुत्ति गरेको छ। जसमा बरिस्ठ उपाध्यक्षमा हिमाल थापा, कोषाध्यक्षमा पदम बिस्ट, सह सचिब लोकेन्द्र बिक, सदस्यमा जनक चलाउने, प्रेम धामि, हरिस बजगाई लाई नियुक्ति गरिएको छ। साथै संगठनले हरितालिका तीज पनि मनाउने र शोको व्यवस्थापन गर्ने जिम्मा भरत बिक हरेणि, माधब प्रसाद बजगाई, कृष्ण खड्का, बिमालि प्रकाश खडका र हिमाल थापा लाई दिइएको छ।









































