काठमाडौं, 3 अगस्त 2022
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आज बिहान अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको हो । अनेरास्ववियुले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अन्तर्राष्ट्रिय बजार मूल्य घटेकाले त्यस अनुसार समायोजन गर्नु पर्ने माग गरेको छ । भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ । मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने स्वचालित प्रणाली लागू हुँदै आएको छ ।









































