दिल्ली, 3 अगस्त 2022
आउंदो निर्वाचनका लागि प्रवासमा रहने दलहरुको भातृ संगठनले अहिलेबाटनै तयारी शुरु गरेको छ। यसै क्रममा प्रवासी नेपाली संघ भारतले आफ्नो संगठन विस्तार तथा प्रवेश कार्यक्रम सम्पन्न गरेको हो।प्रवासी नेपाली संघ भारतले गुजरात राज्य समिति अन्तर्गत पर्ने राजकोट नगर समितिको मातहतमा रहने गरि कालावार रोड प्रारम्भिक समिति गठन गरिएको छ। नेशनल लाईभ टिभीलाई प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य तथा गुजरात राज्य समितिका इन्चार्ज टेक रावल भीजनले दिएको जानकारी अनुसार गणेश अयडीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिलिप परियार ( दिपक ) ले गरेका थिए।कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य तथा गुजरात राज्य समितिका इन्चार्ज टेक रावल “भीजन” रहेका थिए भने विशिष्ट अतिथिमा संघका केन्द्रिय सदस्य तथा गुजरात राज्य समिति सचिव रमेश परियार रहेका थिए। कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्च मुम्बई जिल्ला अन्तर्गत पूर्वी मुम्बई नगर समितिका उपाध्यक्ष टेक बहादुर परियार, स्वदेशमा नेकपा माओवादी केन्द्र अछाम जिल्ला रामारोशन गाउँपालिका सुतार टोल कमिटीका सचिव दिलिप परियार ( दिपक ), माओवादी सक्रिय कार्यकर्ता प्रकाश परियार, तारा परियार, लोकेश परियार, नन्दे परियार, सरिता परियार, दुधकला परियार, करुणा परियार र रुपा परियार लगायत 10 जनाले नेकपा माओवादी केन्द्र र अखिल भारत नेपाली एकता मञ्च परित्याग गरि नेकपा एमाले र प्रवासी नेपाली संघ भारतमा प्रवेश गरेका छ्न। नव प्रवेशीहरु लाई प्रमुख अतिथि टेक रावल “भीजन” र विशिष्ट अतिथि रमेश परियार ले संगठनमा हार्दिक स्वागत गरे। कार्यक्रममा गणेश अयडी अध्यक्ष तथा दिलिप परियार ( दिपक ) सचिव रहने गरि १३ जनाको कालावार रोड प्रारम्भिक समिति ( प्रास ) गठन गरिएको छ। नव नवनिर्वाचित टिमलाई प्रमुख अतिथि र विशिष्ट अतिथिले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।









































