दिल्ली, 5 अगस्त 2022
प्रवासी नेपाली संघ भारत गुजरात राज्य जामनगर नगर समितिको दोस्रोपूर्ण बैठक सम्पन्न भएको छ। भीम बहादुर टमट्टाको अध्यक्षतामा बसेको बैठकको संचालन तपेन्द्र ताम्राकारले गरेका थिए भने उक्त बैठक का प्रमुख अतिथि, प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य तथा गुजरात राज्य समिति इन्चार्ज टेक रावल भीजन र अतिथिमा प्रवासी नेपाली संघ भारत गुजरात राज्य समितिका सदस्य पुरन विक रहेका थिए। प्रमुख अतिथि भीजनले मार्गदर्शन गर्दै प्रवासको बसाईका क्रममा भएका समस्या समाधान गर्न संगठनमा आबद्ध हुँदै प्रवासी नेपालीहरुले भारत प्रवासमा प्राप्त गर्ने हक,हित र अधिकार को बारेमा मार्गदर्शन गर्नु भएको थियो। निकट भविष्य मै सम्पन्न हुने नगरको दोस्रो सम्मेलन र महिलाहरुको महान पर्ने हरितालिका तिजको कार्यक्रम मा केन्द्रित हुन सबैलाई आग्रह गरे। बैठक ले दोस्रो नगर सम्मेलन सम्पन्न गर्न कार्यकारी नगर समिति लाई रुपान्तरण गरेर आयोजक समितिमा परिणत गरेको छ। संयोजक भीम बहादुर टम्ट्टा, सह संयोजक प्रताप लुहार,सचिव तपेन्द्र ताम्राकार,सहसचिव भक्त विक, कोषाध्यक्ष कृष्ण परियार लगायत सदस्यहरुको आयोजक समिति निर्माण गरिएको छ।









































