HomeFeatureसिन्जो आवेलाई भेट्ने इच्छा पूरा भएन, दुःखी छु: प्रचण्ड

सिन्जो आवेलाई भेट्ने इच्छा पूरा भएन, दुःखी छु: प्रचण्ड

काठमाडौं, 6 अगस्त 2022

जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले त्यहाँका पूर्वप्रधानमन्त्री (दिवंगत) सिन्जो आबेसँग भेट्ने इच्छा पूरा नभएको भन्दै दु:ख व्यक्त गरेका छन्।  विहान शनिबार जापान पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले टोकियोमा सञ्चारकर्मी र प्रवासी नेपालीसँगको कुराकानीमा आबेलाई भेट्ने आफ्नो इच्छा भए पनि ‘दुर्भाग्यपूर्ण घटना’मा उनको निधन भएकाले त्यो पूरा हुन नसक्ने अवस्था सिर्जना भएको बताए।

“म जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने आवे जो पूर्वप्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँलाई भेट्ने भनेर मैले मिलाउन कोसिस गर्दै थिएँ, जापानको राजदूतसँग पनि नेपालमा दूतावासमार्फत् पनि कुरा भएको थियो,” उनले भने, “किनकि पूर्वप्रधानमन्त्रीका हैसियतले उहाँ भ्रमण गर्द मसँग २/३ पटक कुराकानी भएको थियो र असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो । एकअर्काप्रति एउटा अन्तरक्रिया राम्रो थियो र उहाँलाई भेटेर नेपाल र जापानको सम्बन्धलाई उचाइमा कसरी लाने भन्ने मेरो इच्छा थियो, त्यो चाहिँ पूरा भएन ।”

प्रचण्डले आफ्नो जापान भ्रमणका क्रममा राजनीतिक दलका नेता र सांसद्हरूसँग केही छलफल हुने बताएका छन् । उक्त छलफलबाट नेपाल–जापान सम्बन्धलाई अझ अगाडि बढाउन सकिने सहयोगका विषयमा आफ्नो ध्यान हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...