काठमाडौं, 6 अगस्त 2022
नुवाकोटमा भूकम्प गएको छ । बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ । यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।









































