Homeसमाचारनेपाली जनसम्पर्क समिति भारतमा विभाजन

नेपाली जनसम्पर्क समिति भारतमा विभाजन

दिल्ली, 8 अगस्त 2022

नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति भारत विभाजित भएको छ। नेजसका नेता डोलराज भण्डारीको नेतृत्वमा 150 बढी कार्यकर्ता हरुले राजीनामा दिएका छन। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार मध्य प्रदेश देखि विभाजन शुरु भएको छ। पार्टी छोड्ने नेताहरुले पठाएको विज्ञप्ति अनुसार बिगत लामो  समय देखि  नेपाली  जनसम्पर्क  समिति  को संस्थापन पक्ष को तानाशाही पुर्ण  निति , भेदभावपूर्ण  व्यवहार,  नाता वाद र कृपाबाद, इमानदार कार्यकर्ताहरु माथी हुंदै आएको अपमानित व्यवहारबाट दुखी भएर केही  दिन पुर्ब 150  भन्दा बढी कार्यकर्ता र सदस्य हरुले सामुहिक राजीनामा दिई बिद्रोह गरेका थिए।  7 अगस्त का दिन भोपाल मा सम्पन्न जन सभा द्वारा गहन छलफल  पछि ” नेपाली  जनसम्पर्क  समितिले  जब आफ्नै सदस्य  र कार्येकर्ता को सम्मान  र हक हित को रक्षा गर्न सक्दैन भने भारत मा रहने लाखौं  नेपाली को हित र अधिकार  को रक्षा झन गर्न  सक्दैन  ” भन्ने निस्कर्ष सहित सम्पुर्ण नेपालीहरु लाई  प्रजातान्त्रिक  समाजबाद  को बाटोमा हिडाउने र सबल र  आत्मनिर्भर  बनाउने  उदेश्य  ले डोल राज भन्डारी को अध्यक्षता मा 7 सदस्यीय  सचिवालय  समिति , घनस्याम पौडेलको अध्यक्षता मा 6 सदस्यीय सल्लाहकार  समिति ,  खुमानन्द पान्डे ( गणेश) को अध्यक्षतामा 15 सदस्यीय कार्यसमिति, सिदार्थ घिमिरे  र दुर्गा  घिमिरे  को नेतृत्व  मा 9 सदस्यीय  युवा संघ को गठन गरेको  छ। समितिमा 10 सिट रिक्त राखिएको छ भने पुर्ण  समिति मा 5 महिला  कार्यकर्ता रहेका छन । समिति  मा 33% महिला  सहभागिता रहेको  छ। कार्यक्रम  को अध्यक्षता लोक मणि पौडेल र सन्चालन जीव नारायण  घिमिरे  ले गर्नु भएको  थियो । उनले बोल्दै भने मध्य प्रदेश एउटा उदाहरण मात्र हो अब पूरा भारत भरिनै संगठन विभाजित हुन्छ। उनले संगठनमा अपमानित, अपहेलित भएर बाच्नु भन्दा स्वतन्त्र भएर नयाँ संगठनमा जोडिन जनसम्पर्क समितिका आस्थावान कार्यकर्ता हरुलाई आग्रह गरेका छन।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...