Homeसमाचारप्रवासी नेपाली संघ भारत द्वारा वडोदरा नगर समिति गठन

प्रवासी नेपाली संघ भारत द्वारा वडोदरा नगर समिति गठन

दिल्ली, 9 अगस्त 2022

प्रवासी नेपाली संघ भारत गुजरात राज्य समिति अन्तर्गत पर्ने वडोदरा नगर समिति गठन कार्य आजुवामा सम्पन्न भएको छ। दामोदर गौतम को अध्यक्षतामा भएको कार्यक्रमको संचालन गुजरात राज्य उपाध्यक्ष खडक विश्वकर्मा ले गरेका थिए। उक्त कार्यक्रमको प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य तथा गुजरात राज्य समितिका इन्चार्ज टेक रावल “भीजन”,र विशिष्ट अतिथिमा संघका केन्द्रिय सदस्य लच्छीराम तिमिल्सेना, अन्य अतिथिहरुमा प्रवासी नेपाली संघ भारत गुजरात राज्य समितिका अध्यक्ष अजय तिमिल्सेना,प्रस्तावित राज्य सदस्य मनोज टमट्टाको उपस्थिति रहेको थियो। प्रमुख अतिथि भीजन ले प्रवासी नेपालीहरुको वर्तमान अबस्था, प्रवासी नेपाली संघ भारतले खेल्नुपर्ने भूमिका र स्वदेशको राजनीति अबस्थामाका बारेमा चर्चा गर्दै हरेक प्रवासी नेपालीहरुले सचेत हुँदै युग अनुसारको चेतना निर्माण गर्ने र त्यसै अनुरुपको व्यव्हार कार्यान्वयन गर्नु पर्ने धारणा व्यक्त गरे। आगामी मंसिर चारको घोषित निर्वाचनमा केन्द्रित हुन आहवान गरे। देश र जनताको लोकप्रिय पार्टी नेकपा (एमाले ) लाई जिताउन आ-आफ्नो क्षेत्रमा सक्रिय हुन अनुरोध गर्दै जनताको विजय सुनिश्चित हुने बिचार व्यक्त गरे। त्यस्तै अध्यक्ष दामोदर गौतम,उपाध्यक्ष वाँसुदेव दाहाल ,सचिव गोपाल भण्डारी,सहसचिव सागर सोनी, कोषाध्यक्ष सुनिल सुनार पदाधिकारीहरु रहने गरि 17 सदस्यीय वडोदरा नगर समिति गठन गरियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...