HomeFeatureप्रतिनिधिसभाको कार्यकाल पाँचवर्ष पुग्नुअगावै हुन लागेको निर्वाचन कार्यतालिकाका लागि ऐन आवश्यक रहेको...

प्रतिनिधिसभाको कार्यकाल पाँचवर्ष पुग्नुअगावै हुन लागेको निर्वाचन कार्यतालिकाका लागि ऐन आवश्यक रहेको गुरुङको टिप्पणी

काठमाडौं, 10 अगस्त 2022

 नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाको कार्यकाल पाँचवर्ष पुग्नुअगावै हुन लागेको निर्वाचन कार्यतालिकाका लागि ऐन आवश्यक रहेको टिप्पणी गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘निर्वाचन घोषणा गर्ने अधिकार सरकारलाई छ । तर, प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष धारा ८५ (१) ले भनेको छ । सर्वोच्च अदालतको पाँच वर्ष घटाउन नहुने भनेको छ,’ उनले भने, ‘यो मध्यावधि निर्वाचन पनि होइन । ७६ (५) को सरकार विफल भएको पनि होइन । त्यसकारण निर्वाचन कार्यतालिकासम्बन्धी बिषयमा एउटा ऐन जरुरी पर्छ ।’ यस्तै प्रतिनिधिसभाको कार्यावधिको विषयमा पनि अर्को ऐन जरुरी रहेको उनले बताए ।  ‘प्रतिनिधिसभा परिवर्तनको परिकल्पना गरेको छ, रिक्तताको परिकल्पना गरेको छैन । रिक्तताको अवस्थामा मुलुकमा गम्भिर स्थिति पैदा गर्नसक्छ । त्यसकारण सरकारले तत्काल ऐन ल्याओस्,  उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...