दिल्ली, 12 अगस्त 2022
नेपालबाट भारत आउंदै गरेको मैत्री बस गम्भीर दुर्घटनामा परेको छ। नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार उन्नावको बांगरमउ कोतवाली क्षेत्रमा आगरा-लखनऊ एक्सप्रेसवेमा यात्रुहरूले भरिएको बस डिभाइडरसँग ठोक्किंदा दुर्घटना ग्रस्त भएको छ। दुर्घटनामा बसको अगाडिको भागमा नराम्ररी क्षति पुगेको छ । यात्रुको सूचनामा युपीडीएको उद्धार टोली घटनास्थलमा पुगेको थियो । टोलीका सबै यात्रुहरूलाई बाहिर निकालेर सीएचसी लगियो। दिल्ली र पोखरा बीच चल्ने मैत्री बस सेवाको बस यात्रु लिएर नेपालबाट दिल्ली आउंदै थियो । शुक्रबार बिहान, चालकले बांगरमउ क्षेत्रको आगरा-लखनऊ एक्सप्रेसवेमा पर किलोमिटर संख्या नम्बर 226 को गहरपुरवा गाउँ नजिकै चालकलाई निंद्राको झपकी लाग्दा सो दुर्घटना घटेको हो। जसका कारण चालकले बसको नियन्त्रण गुमाए र बस बीचको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा एक दर्जन बढी घाइते भएका छन् । दुर्घटनापछि युपीडीएको उद्धार टोली घटनास्थलमा पुगेको थियो । टोलीले घाइते सबैलाई सामुदायिक स्वास्थ्य केन्द्रमा भर्ना गरेको छ । जहाँ चिकित्सकले 4 जनाको अवस्था गम्भीर देखेर जिल्ला अस्पताल रिफर गरेका छन । जहाँ एक जनाको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ । घाइते हुनेमा चालक रणेश्वर निवासी पोखरा नेपाल र मञ्जु देशाई निवासी तनहुं, शुक्ला गाड्जी नेपाल, भानु भगत निवासी पोन्डी खलील नेपाल, प्रीति, गीता, अनिता विष्ट, दुई बहिनी अन्जु र मञ्जु, अमृत, सन्दीप, शंकर रहेका छन् । चालकको अवस्था अत्यन्त गम्भीर रहेको बताइएको छ । विस्तृत रिपोर्ट आउन बांकिनै छ। दिल्ली पोखरा बस संचालक समिति दिल्लीको टिमबाट नारायण शर्मा र रामचन्द्र पोडैल घटना स्थल रवाना भइ सकेका छन।









































