HomeFeatureराष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं, 12 अगस्त 2022

न्यायका लागि लामो समयदेखि विभिन्न चरणका आन्दोलन गर्दै आएकी निहारिका राजपूतले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी छन्। केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडी सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेकी हुन् । उनलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएका कारण अप्रिय घटना हुन नपाएको महाराजगन्ज डिएसपीले  बताए । निहारिकालाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको उनले बताए । महोत्तरी जलेश्वर नगरपालिका 9 की निहारिकाले आफू 17 वर्षको छँदा एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको दाबीसहित आरोपितलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित केही महिना अघि काठमाडौंको माइतीघर तथा वसन्तपुरमा समेत अनशन बसेकी थिइन्। त्यसक्रममा सरकारले उनीसँग 5 बुँदे सहमति गर्दै असार 3 गते अनशन तोडाएको थियो । गृहमन्त्री बालकृष्ण खाँणकै उपस्थितिमा उनले अनशन तोडेकी थिइन् । त्यस समझौतामा निहारिकाले बलात्कार गरेको आरोप लगाएको शिवराम श्रेष्ठ र छोरा डीएनए परीक्षणको कानुनी प्रक्रिया अगाडि बढाउने तथा उनीहरुको सुरक्षा र आश्रयको व्यवस्था सरकारले गर्ने, आर्थिक सहायता उपलब्ध गराउने, राज्यका सम्पूर्ण निकायलाई पीडित मैत्री बनाउने उल्लेख थियो । तर सम्झौता कार्यान्वयन नभएको भन्दै उनले पुन: धर्ना दिन थालेकी हुन् । साउन 20 गते उनले सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएपछि पक्राउ गरिएको थियो । शुक्रबार भने उनले वसन्तपुरबाट ट्याक्सीमा शितलनिवास अगाडि ओर्लिएर आफैंले बोतलमा ल्याएको पेट्रोल शरीरमा खन्याउँदा खन्याउँदै प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...