दिल्ली, 12 अगस्त 2022
भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपाल भारत सीमानाकामा सुरक्षा व्यवस्था कडा गरिएको छ। सुरक्षाको कारण देखाउँदै नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा गौरीफन्टामा राति अबेरसम्म आवतजावतमा रोक लगाइएको छ । बेलुका 8 बजेपछि सीमा नाका प्रवेश गर्न पाइँदैन । नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार भारतको 75औं स्वतन्त्रता दिवसको अवसरमा सीमानाकामा विशेष सतर्कता अपनाइएको छ । यसै सन्दर्भमा अन्तर्राष्ट्रिय सीमामा विशेष सुरक्षाका लागि निर्देशन समेत दिइएको छ । क्षेत्रीय मुख्यालयका डीआईजी जेडी वशिष्ठका तर्फबाट स्वतन्त्रता दिवसलाई ध्यानमा राखेर सीमा क्षेत्रमा विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ । चेकजाँच नगरी कुनै पनि सवारी साधनलाई सीमा पार गर्न दिनु हुँदैन । नेपालबाट भारततर्फ आएकालाई पनि एसएसबीले सोधपुछ गरिरहेको छ । स्वतन्त्रता दिवसलाई ध्यानमा राख्दै सोनौली नाकामा अलर्टको निर्देशन जारी गरेको छ । सोनौली सीमा नाका बिहान 6 बजेदेखि राति 10 बजेसम्म खुल्ने एसएसबीका कमाण्डेन्ट ललित उपाध्यायले जानकारी दिए । यससँगै बिहारको सीमामा पनि सतर्कता अपनाइएको छ । भारतमा आजादीको अमृत महोत्सव भव्य रूपले मनाइँदैछ, यस्तो अवस्थामा एडीजीले सुरक्षाका लागि प्रहरी र सर्वसाधारणलाई धेरै निर्देशन दिएका छन् । उनले अनुमति-बिना जुलुस र र्याली निकाल्न नहुने र उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने निर्देशन दिएका छन् । सम्बन्धित प्रहरी चौकीका प्रहरीले स्वतन्त्रता दिवसको कार्यक्रम आयोजकसँग सम्पर्क गरी पूर्ण जानकारी लिइरहेका छन । स्वतन्त्रता दिवसको कार्यक्रम हुने स्थानको सूची पनि प्रहरीले तयार गरिएको छ । जहाँ कार्यक्रम हुने, सोही प्रहरी चौकीका इन्चार्जले आवश्यकताअनुसार सुरक्षा व्यवस्था मिलाउन प्रहरी खटाउनेछन् । सहरका 75 स्थानमा सीसीटीभी क्यामरा पनि सुरक्षा व्यवस्था कायम गर्नका लागि जडान गरिएको छ ।









































