HomeFeatureओली र लिङ्देनबीच भेटवार्ता

ओली र लिङ्देनबीच भेटवार्ता

काठमाडौं, 13 अगस्त 2022

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । राप्रपाका अध्यक्ष लिङ्देनले शुक्रबार दिउँसो बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेका हुन् । शुक्रबार मध्याह्न  दुई नेताबीच छलफल भएको राप्राका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । स्थानीय तह निर्वाचनपछि उनीहरूबीचको यो दोस्रो भेट हो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिंदै गर्दा भेटवार्ता भए पनि विशेष एजेन्डामा छलफल भएको जानकारी नभएको प्रवक्ता श्रेष्ठले बताए । चुनाव नजिकिँदै जाँदा शीर्ष तहमा भेटघाट हुनु स्वाभाविक भएको भन्दै उनले भने, ‘उहाँहरू एउटै जिल्लाको भएको कारणले पनि पार्टी पार्टी बीचको सम्बन्धका विषयमा कुराकानी भएको हुन सक्ला तर कुनै विशेष एजेण्डामा छलफल भएको जानकारी छैन ।’ चुनावी तालमेल आवश्यकताको आधारमा हुनसक्ने भए पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मात्रै त्यसको निर्णय गर्ने उनले बताए । ‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक 30 साउनमा हुँदैछ । त्यसले तालमेलबारे निर्णय गर्ला । त्यसअघि कुनै निर्णय हुने सम्भावना छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...