HomeFeatureपार्टीकै नेता मिलाउन मेरो आजको सबैभन्दा ठूलो चुनौती: प्रचण्ड

पार्टीकै नेता मिलाउन मेरो आजको सबैभन्दा ठूलो चुनौती: प्रचण्ड

काठमाडौं, 13 अगस्त 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले सबैभन्दा ठूलो चुनौती नेताहरुलाई मिलाउनमा भएको बताएका छन्।  पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको शनिबार साधारण सभामा सम्बोधन गर्दै उनले माओवादीका नेताहरु एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको बताए। ‘अध्यक्षको रुपमा नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु। नेताहरु मात्रै मिलाउन सक्ने र एक ढिक्का भएर यो पार्टीलाई फेरि नेतृत्वमा स्थापित गर्ने हो भन्ने हो भने जनतामा दुःख छैन। तराई मधेसमा यो बीचमा हजारौंको संख्यामा अरु पार्टीका बुद्धिजीवीहरु, नेता कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेका छन्’। उनले नेताहरुका लागि छानबिन समिति बनाउनुपर्ने अवस्था पैदा भएको बताए। प्रचण्डले देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी र माओवादी नेतृत्वप्रतिको विश्वास र भरोसा नटुटेको बताए। आफू कतार, जापान लगायतका देशमा जाँदा जनताको तहमा आफ्नो पार्टीले खेलको भूमिका, हिजो गरेको त्याग र बलिदानको उचाई, नेतृत्वले विचार निर्माण र विचारको विकासमा खेलेको भूमिका, पार्टीले खेलेको भूमिकाप्रति अगाध आस्था र विश्वास रहेको अनुभूत गरेको बताए। ‘कहीँ धरमराएको छ भने नेताहरुमा धरमराएको छ। नेताहरुको एउटा पंक्तिमा चाहिँ विचार र व्यवहारप्रति, नीति र नेतृत्वप्रति विश्वास धरमराएको देखिन्छ। नेताहरु ढिक्का भएर जाने हो भने जनता जुरुक्कै स्थिति अहिले पनि देख्छु मैले’, उनले भने।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...