काठमाडौं, 16 अगस्त 2022
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजलाई फाइदा हुने गरी कार्यसम्पादन गर्न लोकतान्त्रिक खेलकुद सङ्घलाई सुझाव दिएका छन् । काठमाडौँमा मंगलवार नेपाल लोकतान्त्रिक खेलकुद सघं बागमती प्रदेश, काठमाडौँ क्षेत्र नम्बर 4 को प्रशिक्षण कार्यक्रममा थापाले खेलमा लाग्ने युवाहरूको भविष्य उज्जवल रहेको र देशको सेवा पनि हुने भएकाले यसप्रति ध्यान दिन सुझाव दिएका छन् । कुलतमा फस्ने युवाहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा युवाहरूलाई विभिन्न खेलमा आबद्ध गराए युवाहरूले सही बाटो समात्ने उनले बताए ।









































