काठमाडौं, 17 अगस्त 2022
प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक फिर्ता राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको विरोधमा बुधबार काठमाडौंमा युवाहरुले प्रदर्शन गरेका छन् । नागरिकताविहीन संघर्ष समिति नेपालको अगुवाइमा युवाहरुले माइतीघर मण्डलामा नागरिकता विधेयक फिर्ता गरेको विरोधमा प्रदर्शन गरेका हुन् । ‘नेपाली आमाबुबाका सन्तान हामी कसरी अनागरिक सरकार ?’, ‘देशको असल नागरिक पहिचान गर’, ‘अनागरिक बनाउन पाइँदैन’, लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले सडकमा प्रदर्शन गरे । राष्ट्रपति भण्डारीले साउन २९ गते पुनर्विचार आवश्यक भन्दै विधेयक फिर्ता गरेकी थिइन् ।









































