HomeFeatureनिर्यात गर्न सकेमा भारतमा निर्यात गर्दा भन्दा तेब्बरसम्म बढी फाइदा: खनाल

निर्यात गर्न सकेमा भारतमा निर्यात गर्दा भन्दा तेब्बरसम्म बढी फाइदा: खनाल

काठमाडौं, 18 अगस्त 2022

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात गर्दा भन्दा तेब्बरसम्म बढी फाइदा हुने बताएका छन् । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले चीनमा बजार पाउन सके नेपाली चियाका लागि नयाँ युग सुरु हुने बताएका हुन् ।

‘अहिलेसम्म हामीले भारतीय बजारमार्फत चिया निर्यात गर्दा ४ अर्बको ब्यापार हुन्छ । हरेक वर्ष चीनतिर निर्यात गर्न सकेमा त्यसको दुई वा तीन डबल प्राप्त हुन्छ । यस्तो भयो भने नेपाली चिया उतपादनका लागि नयाँ युग सुरु हुन्छ’ खनालले भने ।

चीनमा नेपाली चियाको बजारका लागि आफूले व्यक्तिगत स्तरमा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममा कुराकानी गरेको पनि उनले बताए । ‘मैले चिनियाँ पक्षसँग पनि कुराकानी गरेको थिएँ, कुराकानीमा केही प्रगति भएको छ’ उनले भने, ‘परराष्ट्रमन्त्रीलाई पनि भनेको थिएँ, उहाँले पनि केही कुराकानी गरेको संकेत पाएको थिएँ ।’

भारतका ४१ जना सांसदले नेपालको चियामा विषादी मिसिएको भन्दै आरोप लगाउँदै चियामा ४० प्रतिशतसम्म कर लगाउनुपर्छ भनेर भारत सरकारलाई सुझाव दिएको छ।

‘त्यो रिकमेन्डेसनलाई भारत सरकारले लागू गर्यो भने नेपालको चिया भारतमा जान बन्दा हुन्छ, नेपाली चिया उत्पादकहरु र चिया बिक्रेता ठूलो संकटमा पर्छन्’ उनले भने, ‘र यो कमोडिटी नै संकटमा पर्छ, यस अर्थमा नेपालको अर्थतन्त्र नै ठूलो संकटमा पर्छ ।’

धेरै विदेशी मुद्रा भित्र्याउने चियाको बजार संकटमा पर्न लागेको भन्दै खनालले सरकारले तत्कालै यसको अन्तर्राष्ट्रिय बजारको व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...