काठमाडौं, 20 अगस्त 2022
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा प्रचण्डले सो प्रस्ताव पेस गरेका हुन् । जसका अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, , महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने एक नेताले बताए । उनले बैठकमा पदाधिकारीमा रहने नेताहरूको नाम पनि प्रस्ताव गरेको बताइएको छ । नेताहरुको वरिष्ठता अनुसार पदमा व्यवस्थापन गर्ने गरी प्रचण्डले प्रस्ताव पेस गरेका छन् । बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । एउटै पदमा आकांक्षी बढी भएपछि माओवादीमा लामो समयदेखि पदाधिकारीबारे विवाद रहँदै आएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो ।









































