दिल्ली, 24 अगस्त 2022
थाइल्यान्डमा अर्को वर्ष हुने निर्वाचनअघि प्रधानमन्त्रीलाई संवैधानिक अदालतले निलम्बन गरेको छ । प्रधानमन्त्री प्रयुत चान-ओ-चाले आठ वर्षको कार्यकाल पूरा गरिसके पनि न त पद त्यागेका छन् न नयाँ निर्वाचनको घोषणा गरेका छन् । विपक्षीले यो विषयलाई अदालतसम्म पुर्याएका छन् । अदालतले प्रयुतलाई निलम्बन गर्न आदेश दिएको हो । अब सरकार चलाउनका लागि कामचलाउ प्रधानमन्त्रीको नियुक्ति हुनेछ । आगामी निर्वाचनसम्मको जिम्मेवारी सरकारको हो । उपप्रधानमन्त्री प्रवीत वोङसुवानले कमाण्ड सम्हाल्ने विश्वास गरिएको छ ।









































