HomeFeatureहरेक वर्ष भाद्रकृष्ण औँशीका दिनलाई कुशे औँशीका रुपमा मनाउने परम्परा

हरेक वर्ष भाद्रकृष्ण औँशीका दिनलाई कुशे औँशीका रुपमा मनाउने परम्परा

काठमाडौ, 27 अगस्त 2022

हरेक वर्ष भाद्रकृष्ण औँशीका दिनलाई कुशे औँशीका रुपमा मनाउने परम्परा छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले वर्षभर देवकार्य र पितृकार्यका लागि प्रयोग गर्ने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँशी पर्व मनाउने गर्दछन् । व्राह्मणले मन्त्रोच्चारणसहित पूजा गरेर यजमानको घरमा राख्ने कुशले परिवारको कल्याण हुने शास्त्रोक्त कथन छ ।  आज उखेलिएको कुश वर्षभर देव तथा पितृ कार्यमा प्रयोग गर्न सकिने र अन्य दिन उखेलिएको कुशको आयु मात्र सोही दिन नै रहने शास्त्रप्रमाण छ । वैदिक सत्य सनातन धर्मावलम्वीले कुशलाई विष्णु भगवान प्रतिकको रुपमा पूजा गर्ने गर्दछन् ।  आजको दिन छोराछोरीले पितालाई मनपर्ने मिठाइ, फलफूल र अनेक मिष्ठान्न दिइ खुशी तुल्याइ पिताको मुख हेर्ने गर्दछन् । पिता गुमाएकाहरुले पिताको स्मरणमा पवित्र स्थानमा गएर श्राद्ध र तर्पण दिने प्रचलन छ । आज कुशे औँशीको दिन काठमाडौं उपत्यकाको गोकर्णेश्वरमा भक्तजनहरुको भीड लागेको छ । पिता नहुनेहरुले पिताको स्मरणमा पवित्रधाम गोकर्णेश्वरमा गएर श्राद्ध, तर्पण एवं पिण्डदान दिएका छन् । उत्तरगयाका रुपमा परिचित गोकर्णेश्वरमा पिण्डदान गर्दा पितृदोषबाट मुक्त भइने धार्मिक विश्वास छ । नेपालको तनहुँस्थित देवघाटधाम, म्याग्दीको गलेश्वर लगायतका पवित्र धाममा आज पितृहरुको स्मरणार्थ पिण्डदान एवं तर्पण गर्नेको भीड लाग्छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...