काठमाडौं, 27 अगस्त 2022
आगामी भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिप २०२२ को लागि अन्तिम टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक कुमार थापाले शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । प्रतियोगिताको समूह ‘बी’ मा नेपाल सहित भुटान र श्रीलंका छन् । डिफेन्डिङ च्याम्पियन भारत रहेको समूह ‘ए’ मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँग छन् । नेपालले उद्घाटन खेलमा सेप्टेम्बर ६ मा भुटानसँग खेल्नेछ भने सेप्टेम्बर १२ मा श्रीलङ्कासँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।
साफ महिला टोली
गोलरक्षक : एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ
रक्षक : हिराकुमारी भुजेल, अमृता जैसी, गिता राना, पुनम जर्घामगर, निशा थोकर, समिक्षा घिमिरे र विमला विके
मिडफिल्डर : विमला चौधरी, मन्जलीकुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्द्रा राई, अनिता बस्नेत र अनिता केसी
स्ट्राइकर : अमिशा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी र रश्मीकुमारी घिसिङ ।









































