काठमाडौं, 6 सितंबर 2022
अमेरिकाकी उपसहायक विदेशमन्त्री एलिजाबेथ होर्स्ट नेपाल भ्रमणमा आएकी छन् । होर्स्टको नेपाल भ्रमणबारे अमेरिकी दूतावासले जानकारी दिए। होर्स्ट दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने कार्यवाहक प्रमुख उपसहायक अमेरिकी विदेशमन्त्री हुन् । उनी मंगलबार काठमाडौं आइपुगेको दूतावासले जनाएको छ । उनको भ्रमण खासगरी जलवायु परिर्वतनको क्षेत्रको साझेदारीमा केन्द्रित हुने जनाइएको छ ।









































