HomeFeatureदार्चुलाको लास्कु खोलामा आएको बाढीले १३ घर बगायो

दार्चुलाको लास्कु खोलामा आएको बाढीले १३ घर बगायो

काठमाडौं, 10 सितंबर 2022

दार्चुलाको महाकाली नगरपालिकास्थित लास्कु खोलामा आएको बाढीले १३ घर बगाएको छ । बाढीमा परेर ४ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण शुक्रबार रातिदेखि आएको बाढीले १३ घर बगाएको र ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए । बेपत्ता हुने महाकाली नगरपालिकाका दुई जना र नौगाड गाउँपालिकाका दुई जना रहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक मगरका बाढीमा फसेकाहरूको अहिले सुरक्षाकर्मीको टोली उद्धार गरिरहेको छ । उनीहरूलाई उद्धार गरि स्थानीय सामुदायिक सेवा केन्द्रमा राखिएको छ । बाढीले लास्कु खोलाकै झोलुङ्गे पुल पनि बगाएको छ । उक्त पुल बगाएपछि खोला पारिको वस्ती आवातआजतबाट वञ्चित भएको छ । खोला पारिको वस्तीका नागरिक फोन सम्पर्क भए पनि पुल भत्किएकोले राहत वितरणमा कठिनाइ हुने प्रहरी निरीक्षक मगरले बताए । साथै सोही झोलुङ्गे पुल विस्थापित गर्न बनिरहेको पक्की पुल पनि बाढीले बगाएको छ । लास्कु खोलामा आएको बाढी महाकाली नदीमा मिसिएको छ । यसले महाकाली नदी आसपासमा पनि क्षति गर्न सक्ने भन्दै स्थानीय प्रशासनले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...