HomeFeatureओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको सिंहको आरोप

ओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको सिंहको आरोप

काठमाडौं, 10 सितंबर 2022

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँ महानगरपालिका वडा नं १० मा निर्माण सम्पन्न भएको कुमाले धारा तथा पार्क उद्घाटन कार्यक्रममा  बोल्दै उनले ओली नेतृत्वको सरकारले समयमा कानुन बनाएर दिनुपर्ने अधिकार नदिएका कारण स्थानीय र प्रदेश सरकारमाथि प्रश्न उठेको दाबी गरे । कार्यक्रममा उनले राजनीति दल खोल्नु नाङ्लो पसल राख्नु जस्तो नभएको पनि बताए । नयाँ दल खोलेर परिवर्तन गर्छु भन्नेको हालत के छ भनेर प्रश्न गर्न सर्वसाधारणलाई आग्रह समेत गरे । कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका सिंहले बुद्धि भएका र काम गर्न सक्ने जनशक्ति विदेशिनबाट रोक्नु पर्ने बताए । उनले त्यसका लागि हरेक निर्वाचन क्षेत्रमा सिपमूलक तालिम केन्द्र खोल्न जोड दिए । नेता सिंहले ट्रयाकबाट बाहिर गएको मुलुकलाई ट्रयाकमा ल्याउने काम कांग्रेस गठबन्धनको सरकारले गरिरहेको उल्लेख पनि गरे । आगामी निर्वाचनमा जितेर कांग्रेसले देशमा राजनीतिक स्थायित्व कायम गरी सम्पन्नताको अभियान सुरु गर्ने समेत बताए ।

कार्यक्रममा उनले अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने प्रणाली मात्रै भइरहेको पनि बताए । उनले भने, ‘शिक्षाको नीति र प्रणालीमा परिवर्तन गर्न जरुरी छ । शिक्षासँगै सिप दिने कामको विकास गर्न आवश्यक छ ।’

नेता सिंहले हरेक वडा कार्यालयमा बोर्ड मात्रै नभइ व्यवस्थित स्वास्थ्य संस्थाको रुपमा  विकास गर्नुपर्ने, देशभरका वडा कार्यालयका क्लिनिकहरूमा प्राथमिक उपचार गर्नेगरी कम्तिमा एक डाक्टर व्यवस्था गर्नु पर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...